२९ असार २०८३, सोमबार

संसद् भवनभित्र पत्रकार भेटघाट कक्ष बनाउनुपर्छ- नेम्वाङ

संसद् भवनभित्र पत्रकार भेटघाट कक्ष बनाउनुपर्छ- नेम्वाङ

नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले संघीय संसद भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन्। 

बुधबार बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा संसद भवनको मूलगेटमा पत्रकारहरु बन्दुक तेर्स्याएजसरी क्यामेरा तेर्स्याए बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियम नै बनाएर सो कक्ष बनाउन उपयुक्त हुने उनले बताए। 

सो कक्ष दलका नेताहरू, सांसदहरू र संघीय संसद सचिवालयका पदाधिकारीलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने पनि स्मरण गराए।

उपाध्यक्ष नेम्वाङ पत्रकारहरूले संसदको मूलगेटमा दौडिएर नेताहरूको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताए। 

salt training

कमेन्ट गर्नुहोस्