०१ असार २०८३, सोमबार

अब अमेरिकाबाट सीधै नेपाल उडान !

थप ३ देशसँग हवाई सेवा सम्झौता
अब अमेरिकाबाट सीधै नेपाल उडान !

नेपालले थप ३ देशसँग हवाई सेवा सम्झौता गर्ने भएको छ ।

हाल ३९ देशसँग यस्तो सम्झौता गरिसकेको नेपालले अमेरिका, स्विट्जरल्याण्ड र रुवान्डासँग हवाई सेवा सम्झौता (एएसए) गर्ने भएको छ ।

यस्तो सम्झौताका लागि दुवैतर्फको प्रस्ताव तयार परेर सहमति गर्ने तयारी ३ वटै देशसँग भएको पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव सुरेश अधिकारीले बताए ।

उनले आइतबार संसदको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई सम्बोधन गर्दै सचिव अधिकारीले उक्त जानकारी दिएका हुन् ।

यस्तो सम्झौतापछि अमेरिकाबाट सीधै नेपाल उडानको बाटो खोलिने भएको हो ।

यो सम्झौतापछि नेपालबाट सीधै अमेरिका र अमेरिकाबाट सीधै नेपाल उडान हुनेछ ।

सम्झौता भए सीधै अमेरिका नेपाली वायुसेवा नभए पनि अमेरिकी वायुसेवा भने नेपाल आउन सक्छ । यो सम्झौतापछि एएसए भएको दुवै देशको बराबरी अधिकार हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्