०१ असार २०८३, सोमबार

क्यानडाको आकाशमा पनि देखियो शंकास्पद वस्तु, अमेरिकी लडाकू विमानले खसायो

माघ २९, २०७९
क्यानडाको आकाशमा पनि देखियो शंकास्पद वस्तु, अमेरिकी लडाकू विमानले खसायो

अमेरिकापछि क्यानडाको आकाशमा पनि शंकास्पद वस्तु देखिएपछि शनिवार त्यसलाई खसाइएको छ । 

युकोन प्रान्तमा सिलिन्डर आकारको यस वस्तुलाई अमेरिकी लडाकू विमान एफ–२२ ले खसाएको छ । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसबारेमा जानकारी दिँदै यस वस्तुको भग्नावशेष जाँच गरिने बताएका छन् । 

शुक्रवार अमेरिकाको अलास्कामा पनि यस्तै किसिमको वस्तु देखिएको थियो । त्यतिखेर पनि अमेरिकी लडाकू विमानले ४० हजार फीट उचाइमा रहेको वस्तु खसाएको थियो । 

अघिल्लो शनिवार अमेरिकाले चीनको जासूसी बलून भनिएको वस्तुलाई आन्ध्र महासागरमा खसाइएको थियो । 

ट्रुडोका अनुसार, नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमान्ड (नोराड) ले शनिवार उडिरहेको वस्तु देखेको थियो । त्यो क्यानडाको हवाईक्षेत्रमा थियो । चीनको जासूसी बलून भनिएको वस्तुभन्दा त्यो आकारमा सानो थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्