
बलिउडको कमेडी जनरामा उधुम मच्चाएको 'हेराफेरी' को सिक्वेल निर्माण गर्ने विषय चर्चित छ।
अक्षय कुमार सुनिल सेट्टी, परेश रावल अभिनित यो फिल्मका दुवै सिक्वेल त्यस सयमा निकै हिट भएका थिए। जसको कारण निर्माण पक्ष अहिले तेस्रो सिक्वेल बनाउने तयारीमा जुटेको छ।
तर निर्माण पक्षलाई पुराना टिम बनाउन भन्ने हम्मेहम्मे परेको छ।
यसैबीच यस फिल्मका सशक्त पात्र सुनिल सेट्टीले अक्षय कुमारलाई जसरी भए पनि नयाँ सिक्वेलमा सहभागी गराउने बताएका छन्।
एक भारतीय मिडियासँग कुरा गर्दै सेट्टीले 'राजु, श्याम र बाबु रावविना हेराफेरीको कल्पना गर्न सकिँदैन, तीनैविना हेराफेरी छैन। म इमानदारीपूर्वक आशा गर्दछु कि जब पनि यो हुन्छ, यो सबैभन्दा राम्रो तरिकामा हुनेछ।'
दर्शकको अत्यधिक मागपछि निर्माताले अक्षय कुमारलाई फिल्ममा पुनः कास्ट गर्न खोजेका थिए। तर सकिरहेका छैनन्।
फिल्मका निर्माता फिरोज नाडियाडवालाले अक्षयसँग फिल्मबारेमा पटकपटक कुरा गरिरहेका छन्।
केही दिनअघि अक्षयकुमारले आफैंले 'हेराफेरी ३' को हिस्सा नहुने स्पष्ट पारेका थिए। उनले एक कार्यक्रममा बनाउन लागिएको सिक्वेलको स्क्रिट आफूलाई चित्तबुझ्दो नभएको प्रतिक्रिया दिएका थिए।
'राजु' पात्र अक्षय कुमारले नखेल्ने भएपछि फिल्ममा कार्तिक आर्यनलाई कास्ट गरिने बताइएको थियो। तर यो खबर सार्वजनिक हुनेबित्तिकै फ्यानहरुले अक्षयलाई फिल्ममा फर्काउन सामाजिक सञ्जालमार्फत अपिल नै गरेका थिए।