०४ असार २०८३, बिहीबार

नेटोको दाबी– बेलायतसँग छैन रुसविरुद्ध सैन्य भिडन्तको क्षमता

माघ २९, २०७९
नेटोको दाबी– बेलायतसँग छैन रुसविरुद्ध सैन्य भिडन्तको क्षमता
Getty Images

बेलायतको सैन्यबल कमजोर भएकाले रुसविरुद्ध भिड्नुपर्ने स्थिति आएमा अग्रपंक्तिमा रहन नसक्ने नेटोका प्रमुखहरूले चिन्ता व्यक्त गरेका छन् । 

सन् २०२३ को अन्त्यमा बेलायतले नेटोको र्‍यापिड रियाक्सन फोर्सको नेतृत्व जर्मनीसँग लिनेछ । तर जर्मनीका सञ्चारमाध्यममा आएका खबरअनुसार, बेलायतले ५ हजार सैनिक उपलब्ध गराउन नसक्ने भएकाले नेटोले जर्मनीलाई थप एक वर्ष नेतृत्वमा रहन अनुरोध गरेको छ । 

बेलायतको रक्षा मन्त्रालयको एक स्रोतले जर्मन पत्रिकालाई बतायो, ‘रक्षा क्षेत्रमा कम खर्च गरिएकाले गोलीगट्ठा तथा अन्य हतियारको गम्भीर समस्या छ । त्यसमाथि युक्रेनलाई हातहतियार दिएकाले हामीसँग हतियारको अभाव छ ।’

‘अनि युक्रेनी सैनिकहरूलाई प्रशिक्षण दिइरहेकाले हाम्रा सैनिकहरू पनि युद्धमा जान सक्ने स्थितिमा छैनन् ।’

मार्च महिनामा बेलायतले बजेट प्रस्तुत गर्दैछ । त्यसमा सेनालाई अतिरिक्त रकम नछुट्ट्याइएमा बेलायतले आफ्नो रक्षा समेत गर्न नसक्ने डर उत्पन्न भएको छ । 

बेलायत दोस्रो विश्वयुद्धपछि सबभन्दा कमजोर स्थितिमा रहेको त्यहाँका वरिष्ठ सैन्य अधिकृतहरू बताउँछन् । विगत चार शताब्दीमा बेलायती सेनाको संख्या सबभन्दा कम छ भने सन् १९८२ को फाकल्यान्ड्स युद्धमा भएको बेलायती जलसेनाको संख्याभन्दा आधा कम सैनिकहरू अहिले छन् ।

salt training

कमेन्ट गर्नुहोस्