
लुम्बिनी प्रदेशकी आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्री कृष्णा केसी आज भएको मन्त्रीहरूको पदभार ग्रहण कार्यक्रममा पुगिनन्।
केसीले शनिबार मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
शनिबार राति मन्त्रिपरिषदले पूर्णता पाएसँगै उनलाई अन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रीको जिम्मेवारी दिइएको थियो।
आइतबार सबै मन्त्रीहरूले देउखुरीमा शपथ र पदभार ग्रहण गर्न उनी कार्यक्रममा थिइनन्। उनी गृहजिल्ला गएकी थिइन्।
केसीले पार्टीभित्रको आन्तरिक विवादले आफूले पदभार ग्रहण नगरेको बताइन् । ‘मन्त्री पठाउँदा एकल निर्णय भएको छ’, उनले लोकान्तरसँग भनिन्, ‘मन्त्रीहरूको कार्यक्षेत्रबाट संस्थागत नभई एकल निर्णय भयो । संस्थागत निर्णय नहुँदासम्म पदभार ग्रहण गर्दिनँ।’
माघ २५ गते भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत नदिई कांग्रेस उम्मेदवार सघाएको उनलाई आरोप लागिरहेको छ। त्यसपछि उनको राजीनामा आएको हो।
केसी लुम्बिनी प्रदेशमा प्रत्यक्ष निर्वाचित भएकी थिइन्। उनी बाँकेबाट निर्वाचित हुन्। १० सदस्यीय प्रदेशको मन्त्री मण्डलमा ३ जना माओवादी केन्द्रबाट छन् ।