
काठमाडौं, ७ भदौ - मुख्य प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनमा पहिलो बन्ने लक्ष्य सहित पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बुधबार विहान बसेको पार्टी स्थायी समिति बैठकले असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी मंसीर १० गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै त्यसलाई सफल पार्न पनि सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय पनि गरेको छ ।