काठमाडौं, ७ भदौ ।
शेयर बजार परिसुचक नेप्से २ दशमलव ७८ अंकले घटेको छ । बुधबार बजारमा ६२ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको हो । दिनभरीमा १६० कम्पनीको कारोबार हुँदा सुचक १६११ अंकमा आएको हो ।
बुधबार आठ समुहमा भएको कारोबारमा ५ समुहमा गिरावट देखिएको छ । दुई समूह बढेका छन् । बैंक २ दशमलव ०१, होटल ३० दशमलव ३८, विकास बैंक ५ दशमलव ४२, जलबिद्युत २१ दशमलव ३, फाइनान्स १ दशमलव ९९ र उत्पादनमुलक समूह ७ दशमलव ४४ अंकले घटेको छ । बीमा ४ दशमलव ६ र अन्य १ दशमलव ४५ अंकले बढेको छ ।
बजारमा सबैभन्दा वढि नेपाल बैंकको पाँच करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा वढि युनाइटेड फाइनान्सका सेयरधनीले ५ दशमलव ७७ प्रतिशतले सम्पति जोडेका छन् । गुमाउनेमा छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ता छन् ।