×

Nic Asia
Dabur
Prabhu Bank

विकासमा अड्चन

भेरी बबई आयोजना : इरानी कम्पनीसँगको सम्झौता रद्द

फागुन ४, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

भेरी बबई बहुउद्देश्यीय आयोजनाले इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनीयरिङ (एमजीसीई) सँग सम्झौता रद्द गरेको छ ।

yONNEX
Frooti
Appy

कम्पनीले शर्तअनुसार काम पूरा नगरेपछि आयोजनाले सम्झौता रद्द गरेको जनाएको छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

अमेरिकी सरकारको कालोसूचीमा परेपछि एमजीसीई आयोजनाबाट पन्छिन खोजेको थियो । कम्पनीलाई अमेरिकी कोष विभागअन्तर्गत विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले प्रतिबन्ध सूचीमा राखेको थियो ।


Advertisment
Lokantar App
Saurya island

आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनीयर (सीडीई) लेखनाथ सुवेदीले परामर्शदाताको रूपमा काम गरिरहेको कम्पनीले सम्झौताका शर्त पालना नगर्दा आयोजनाको काम प्रभावित हुन पुगेको बताए । ‘कम्पनीले काम नगर्दा आयोजना नै प्रभावित हुने अवस्था सिर्जना भयो,’ उनले भने, ‘अब फास्ट ट्रयाकबाट नयाँ परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाउन लागिएको छ ।’

JYOTI
Vianet communication

सीडीई सुवेदीका अनुसार इरानी कम्पनीले नेपालका बैंकमा खाता खोल्न र काम गरेको रुपैयाँको भुक्तानी दाबी गर्न सकेको छैन । ‘बिल रकम समेत दाबी गर्न आएको छैन, सम्झौता रद्द गर्नुपूर्व काम गर्न नसक्नुको स्पष्ट जवाफ पनि दिएन,’ उनले भने । 

अमेरिकी प्रतिबन्ध सूचीमा परेपछि कम्पनीले बैंक खाताबाट साढे ३ करोड रकम निकाल्न समेत पाएको छैन । जसले गर्दा कम्पनीले नेपालका कुनै पनि बैंकमा खाता खोल्न पाएको छैन भने नेपाल बैंक लिमिटेडमा रहेको खाताबाट रकम निकाल्न नपाउँदा कर्मचारीहरूले १ वर्षदेखि पारिश्रमिक पाएका छैनन् । एमजीसीईले भेरी बबई आयोजनामा नेपालको इन्जिनीयरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इफोर्ट इन नेपाल (इकोकोडी) सँग मिलेर काम गरिरहेको थियो ।

आयोजनाको डिजाइन, क्वालिटी कन्ट्रोल र सुपरभिजन कार्यका लागि २०७६ असोज ६ गते आयोजनाले इरानी कम्पनी एमजीसीई तथा नेपालको एकोकोडीसँग सम्झौता गरेको थियो । कम्पनीले १ वर्षदेखि परामर्शदाताको रूपमा काम गर्न पूर्ण रूपमा छाडिसकेको थियो । आयोजनाले माघ ९ गतेदेखि लागू हुने गरी कम्पनीसँग सम्झौता करार रद्द गरेको हो ।
 
आयोजनाले हाल दोस्रो चरणका सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोनिकल सम्बन्धी कार्यहरू गरिरहेको छ । सीडीई सुवेदीका अनुसार यसका लागि तत्काल परामर्शदाताको खोजी भइरहेको छ । महालेखा परीक्षकको कार्यालय रायबमोजिम फास्ट ट्रयाकबाट नयाँ परामर्शदाता नियुक्ति गर्न सिँचाइ विभागसँग समन्वय भइरहेको उनले बताए ।   

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले हालसम्म ६० प्रतिशत प्रगति हासिल गरेको छ । हाल बाँध (ड्याम) र विद्युत् गृह (पावर हाउस) निर्माण, हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (ईएम) सम्बन्धी कामहरू भइरहेका छन् । पहिलो चरणमा सुरुङ निर्माण कार्य भएको थियो ।

चिनियाँ कम्पनी चाइना इन्जिनीयरङ ओभरसिज प्रालि (कोभेक) ले तोकिएको समयभन्दा १ वर्ष अगावै टनेल बोरिङ मशिन (टीबीएम) का सहायताले सुरुङ निर्माण गरिसकेको थियो ।

दोस्रो चरणका बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । दोस्रो चरणका सबै कार्य आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ तर आयोजनाका यी काम सम्पन्न गर्न थप २ वर्ष लाग्ने देखिन्छ ।

दोस्रो चरणका काम सम्पन्न गर्न ११ अर्ब ५२ करोड ६१ लाख बजेट प्रस्ताव गरिएको छ । 

आयोजनाले हाइड्रो मेकानिकल अन्तर्गत गेट तथा पेनस्टक पाइप निर्माणका लागि ठेकेदार परिचालन गर्नुका साथै इलेक्ट्रोमेकानिकल अन्तर्गत टर्वाइन, जेनेरेटर, स्विचयार्ड डिजाइनका कामहरू शुरू गरेको जनाएको छ ।

आयोजनाको कूल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ रकम भइसकेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेज सहितको ब्यारेज निर्माण गर्न लागिएको हो । ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किलोमिटर २१० मिटर लामो सुरुङमार्फत भेरीगंगा नगरपालिका–५ हात्तीखोलामा भेरीको पानी बबई नदीमा खसालिनेछ । जहाँ ४६.८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ ।

संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २५, २०८०

सरकारीस्तरमा सञ्चालित भोजपुर जिल्ला अस्पतालमा औषधि अभावको गुनासो आउन थालेपछि सो समस्या आउन नदिन सरोकारवाला निकायबीच छलफल गरिएको छ ।  जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष कमल ...

जेठ २५, २०८०

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ का जनप्रतिनिधिले एक वर्षको अवधिमा ६० दिन श्रमदान गरेका छन् । गत वर्ष जेठदेखि श्रमदानको अभियान थालेका वडाका जनप्रतिनिधिले वडामा रहेका विभिन्न योजनामा श्रमदान गरेका हु...

जेठ २५, २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले जलाशययुक्त दुधकोशी जलविद्युत् परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन् । बिहीवार अर्थ मन्त्रालयमा माथिल्लो अरूण जलविद्युत् परियोजनामा लगानी जुट...

जेठ २६, २०८०

म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा बेलीब्रिज जडान गर्ने योजना लक्ष्यअघि नै निर्माण सकिएको छ । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–२ र ३ नम्बर वडा...

जेठ २६, २०८०

झापाको बिर्तामोड नगरपालिकाको नगर अस्पताल भवन शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईँले भवनको शिलान्यास गरिन् । हाल सञ्चालनमा रहेको नगर अस्पताल परिसरमा सुविधासम्पन्न तीनतल...

जेठ २५, २०८०

 भरतपुर महानगरपालिकाले बिहिबार दुग्ध कृषकहरुलाई अनुदान हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले कृषकलाई स...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x