काठमाडौँ, ८ भदौ- शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि तय गरेको परीक्षाको मिति चौथोपटक सारेको छ । पछिल्लोपटक १० भदौका लागि तय गरिएको परीक्षा पनि अनिश्चितकालका लागि स्थगित भएपछि गाउँ–गाउँबाट परीक्षा केन्द्रमा आएका शिक्षकहरू आक्रोशित भएका छन् ।

५ भदौमा अविरल वर्षाका कारण असहज अवस्था सिर्जना भएको र सम्पूर्ण ध्यान राहतमा केन्द्रित भएकाले प्रधानमन्त्री कार्यालयबाट परीक्षा स्थगित गर्न आग्रह आएको भन्दै शिक्षक सेवा आयोगले मंगलबार अर्को सूचना जारी नहुन्जेलका लागि स्थगित गरेको हो, नयाँ पत्रिकामा खबर छ ।
कहिले कहिले तोकियो परीक्षा ?-पहिलोपटक : १४ असार
-दोस्रोपटक : ३ भदौ
-तेस्रोपटक : १० भदौ
-चौथोपटक : अनिश्चितकालका लागि स्थगित