०४ असार २०८३, बिहीबार

रिहापछि सांसद चौधरीले भने- ममाथि प्रतिशोध साँधियो

रिहापछि सांसद चौधरीले भने- ममाथि प्रतिशोध साँधियो

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले आफूमाथि प्रतिशोध साँधिएको आरोप लगाएका छन् । १८ दिनपछि कैलाली कारागारबाट आज उनी रिहा भएका हुन्। 

 कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरीलाई स्वागत गर्न सो दलका अध्यक्ष रञ्जिता चौधरीसहित नेता कार्यकर्ता स्वागत गर्न कैलाली कारागार गएका थिए । 

‘१८ दिन जेल बस्दा मैले धेरै कुरा सिकेँ,’ चौधरीले रिहापछि भने, ‘आज जुन हिसाबले मभित्र आएँ, त्यो त एउटा राजनीतिक प्रतिशोधको हिसाबले भित्र आएको हो जस्तो लागिरहेको छ। यो सानो पार्टी छ, जसरी उठिराछ, त्यसरी नै खुम्चाइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन।’ 

साथै उनले कारागारको बसाइ स्मरणीय रहेको बताए। नेपाल सरकार र राष्ट्रपतिको कार्यालयलाई धन्यवादसमेत दिए । 

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरीलाई ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले उनीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । 

प्रहरीको फरार सूचीमा रहेका उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले सजाय मिनाहा पाएका हुन्। 

salt training

कमेन्ट गर्नुहोस्