०१ साउन २०८३, शुक्रबार

उपायले सञ्चालनमा ल्यायो चालकहरूलाई विश्राम केन्द्रयुक्त 'उपाय स्टेशन'

उपायले सञ्चालनमा ल्यायो चालकहरूलाई विश्राम केन्द्रयुक्त 'उपाय स्टेशन'

नेपालको लजिजटिक्स कम्पनी उपायले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजनाअनुरुप विराटनगरमा उपाय स्टेशन सञ्चालनमा ल्याएको छ।

करिब ३ बिघामा फैलिएको 'उपाय स्टेशन' मा ड्राइभरलाई विश्राम केन्द्र, ७० भन्दा धैरै ट्रकहरू पार्किङ गर्न मिल्ने व्यवस्था, नुहाउने र लुगा धुने स्थान, ट्रक मर्मत केन्द्र र सहुलियत क्यान्टिनको सुविधा उपलब्ध रहेको बताइएको छ। 

पूर्वपश्चिम राजमार्गको टंकी सिनिवारीमा अवस्थित उपाय स्टेशन नेपालकै पहिलो विश्राम केन्द्र हो। 

यस स्टेशनमा सामान भण्डारण र वितरणको पनि व्यवस्था गरिएको कम्पनीको भनाइ छ। 

उपायले नेपालको सातै बटन प्रदेशमा उपाय स्टेशन खोल्ने योजना समेत बनाएको कम्पनीले बताएको छ। 

salt training

कमेन्ट गर्नुहोस्