![पुरुषोत्तमले अनुसँगको स्वरमा ल्याए ‘म बिग्रेकी मन बिग्रियो ?’ [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Pursottam_gaire_nUrHTjsEUh.jpg)
गायक एवं सर्जक पुरुषोत्तम गैरेले नयाँ गीत सार्वजनिक गरेका छन् ।
आइतवार सार्वजनिक ‘म बिग्रेकी मन बिग्रियो ?’ बोलको गीतमा गैरे र अहिलेकी हिट गायिका अनु चौधरीको स्वर छ ।
गीतमा शब्द, संगीत गायक गैरे स्वयंको छ । एचबिएन किस्मतले गीतको एरेन्ज गरेका हुन् ।
प्रशान्त मगरको निर्देशनमा तयार यसको भिडियोमा मोडल करिश्मा ढकालसँग पिताम्बर पोखरेल र गोबिन्द थापा प्रस्तुत छन् ।
अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।
माया प्रेममा आधारित गीतको भिडियो रमाइलो खालको बनाइएको छ ।
गायक गैरेको ‘पुरुषोत्तम गैरे’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।