१० असार २०८३, बुधबार

शङ्कराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन

शङ्कराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणमा काठमाडौँ आएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको आज नागरिक अभिनन्दन गरिएको छ ।

 पूर्वीय दर्शन एवं वैदिक गणितका ज्ञाता शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई आज कोषका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले अभिनन्नदन पत्र हस्तान्तरण गरेका हुन् । कार्यक्रममा शङ्कराचार्य निश्चलानन्द सरस्वतीले कोषले प्रकाशन गरेको लिङ्ग पुराणको नेपाली अनुवादको पनि लोकार्पण गरे। पुराण पशुपतिनाथको पश्चिम मूलढोकास्थित कोषको बिक्री कक्षबाट बिक्री वितरण हुने जनाइएको छ ।
 
सो क्रममा शङ्कराचार्य सरस्वतीले वैदिक सनातन धर्मको रक्षाका लागि आफू नेपाल आएको बताए । मानिस भौतिकतामा मात्र रुमलिँदा दुःखी भएकाले आध्यात्मिक साधना एवं अभ्यास गरेर खुसी हुन सक्ने बाटोको पनि अवलम्बन गर्न उनले भक्तजनलाई सुझाव दिए । फागुन ४ गते नेपाल आएका उनी सोमबार काठमाडौँबाट बनारस जाने शङ्कराचार्य मठले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्