११ असार २०८३, बिहीबार

अमेरिकालाई चिन्तित तुल्याउँदै उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रम बलियो बनायो

कात्तिक २०, २०७४
अमेरिकालाई चिन्तित तुल्याउँदै उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रम बलियो बनायो

काठमाडौं, १०  भदौ — उत्तर कोरियाले हालै सार्वजनिक गरेका तस्वीरअनुसार क्षेप्यास्त्र कार्यक्रममा अनपेक्षित सफलता हासिल गरेको देखिन्छ । नयाँ तस्वीरमा पहिले नदेखिएको क्षेप्यास्त्र देखिएको छ ।


बुधवार उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले सर्वोच्च नेता किम जोङ–उनले रक्षा विज्ञान संस्थानको रासायनिक पदार्थ इन्स्टिच्युटको भ्रमण गरेको घोषणा ग–यो ।

‘उनले इन्जिन उत्पादन प्रक्रियालाई थप विस्तार गर्दै सोलिड–फ्युल रकेट इन्जिन र रकेट वारहेड टिप्स उत्पादन गर्ने निर्देशन दिए,’ वक्तव्यमा भनिएको छ ।

तर किमले निरीक्षण गरेको तस्वीरप्रति क्षेप्यास्त्र विश्लेषकहरूको ध्यान गयो ।

‘उत्तर कोरियालीहरूले हामीलाई उनीहरूको सोलिड–फ्युल क्षेप्यास्त्र कार्यक्रम क्रमशः सुधार हुँदै गइरहेको देखाएका छन्,’ आणविक हतियारविज्ञ डेभिड स्मर्लरले बताए ।

यसरी क्षेप्यास्त्र विकसित हुँदै जाँदा अमेरिकाको सुरक्षासमेत जोखिममा परेको छ ।

अमेरिका र रुससँग भएका सबै ब्यालिस्टिक क्षेप्यास्त्रहरू सोलिड–फ्युल मोडेलका भएको विज्ञहरू बताउँछन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्