०७ असार २०८३, आइतबार

बालुवाटारमा प्रचण्ड र देउवाबीच भेटवार्ता

बालुवाटारमा प्रचण्ड र देउवाबीच भेटवार्ता

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आइतबार राति भेटवार्ता भएको छ । देउवा प्रचण्डलाई भेट्न सरकारी निवास बालुवाटारमा पुगेका हुन् । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै जाँदा देउवा छलफलका लागि बालुवाटारमा पुगेका हुन् । 

सो क्रममा राष्ट्रपतिको निर्वाचन र सत्ता सहकार्यका सम्भावित विकल्पका विषयमा छलफल केन्द्रित भएको बताइए पनि ठोस कुरा बाहिर आउन सकेको छैन । बालुवाटार र देउवाको सचिवालयले यो भेटलाई गोप्य नै राख्न चाहेको छ । भेटमा देउवासहित कांग्रेसबाट नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, गगन थापालगायत पनि सहभागी रहेको बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच राष्ट्रपतिको विषयमा सहमति हुन नसकेको अवस्थामा प्रचण्ड र देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्डले आफ्नो पार्टी राष्ट्रपतिबारे राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउँदै आएका छन् । यस्तै कांग्रेसले राष्ट्रपतिमा माओवादीले आफूलाई सघाउने विश्वास व्यक्त गर्दैआएको छ । 

कमेन्ट गर्नुहोस्