०७ असार २०८३, आइतबार

सिंघिया खोला पुल निर्माणको काम सम्पन्न गर्न निर्देशन

सिंघिया खोला पुल निर्माणको काम सम्पन्न गर्न निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सिंघिया खोलामा बन्न लागेको पुल चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । चुनावी अभियानमा जनताबीच गरेको बाचा पूरा गर्न उनले सो निर्देशन दिएका हुन् ।  

२०७४ को चुनावबेला मन्त्री मोदीले बुढीगंगा र ग्रामथान गाउँपालिकाको सिमानामा निर्माणाधीन सिंघिया खोला पुलको काम सम्पन्न गर्ने विश्वास मतदातालाई दिलाएका थिए । यो पुल २०५८ मा शिलान्यास भए पनि निर्माण हुन सकेको थिएन ।

निर्माणाधीन सो पुलको मन्त्री मोदीले निरीक्षण गरेका छन् । आइतबार निरीक्षणका लागि पुगेका मन्त्री मोदीले पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए । “यो पुल यहाँका लागि अत्यन्त आवश्यक पुल हो, मैले दुई पटक चुनाव जितिसके तर यो पुल बनेको छैन, मैले चुनावमा यो पुल जसैगरी बनाउँछु भनेर जनताको बीचमा कसम खाएको छु, अब ढिलाइ नहोस्, यो पुलको निर्माणकार्य अविलम्ब सम्पन्न होस” मन्त्री मोदीले भने ।

सुर्य शान्ति कार्की बन्धु जेबीले निर्माण गरिरहेको यो पुलको लम्बाई झण्डै ६० मिटरको रहेको छ । १२ करोड ५७ लाख लागतमा बनिरहेको पुलको निर्माणकार्य चालू आर्थिक वर्षमै सप्पन्न गर्ने निर्माण कम्पनीका दिपेन्द्र कार्कीले मन्त्री मोदीलाई विश्वास दिलाए । 

salt training

कमेन्ट गर्नुहोस्