१९ असार २०८३, शुक्रबार

वर्षाको ‘ए साथी सुन’ चैत १० मा, शीर्ष गीत सार्वजनिक

वर्षाको ‘ए साथी सुन’ चैत १० मा, शीर्ष गीत सार्वजनिक

अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँ अभिनीत फिल्म ‘ए साथी सुन’को शीर्ष गीत रिलिज भएको छ ।

उक्त गीतमा अभिनेत्री शिवाकोटी र डेब्यु अभिनेता बानियाँ फिचर्ड छन् । उनीहरूलाई रोमान्टिक अवतारमा भिडियोमा प्रस्तुत गरिएको छ । ​

सुरज अधिकारीको संगीत तथा रविना मगरको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र किरण भुजेलको स्वर सुन्न सकिन्छ । पोखराका रमणीय स्थानमा खिचिएको फिल्मको सार्वजनिक गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी हेर्न सकिन्छ । 

लभस्टोरी, थ्रीलर र कमेडी जनाराको फिल्ममा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको पनि अभिनय छ ।

कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा फिल्ममा अभिनय गरेका छन् । जयनन्द लामा अभिनीत अन्तिम फिल्म ‘ए साथी सुन’ आगामी चैत १० गते रिलिज हुनेछ ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको सह–निर्मातामा सुदीप पौडेल छन् । फिल्मलाई आरआर फिल्मले वितरण गर्न लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्