२३ असार २०८३, मंगलबार

सशस्त्र प्रहरी महानिरीक्षक दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका चार जनामध्ये तीन जना बरिष्ठ अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार एक समारोहबीच दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।   

दज्र्यानी चिन्हबाट शुसोभित हुनेमा बरिष्ठ अधिकृतमा सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन् । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनमा आवद्ध भएपछि पदोन्नती महत्वपूर्ण रहने चर्चा गरे । बढुवासंगै बढेको पदीय जिम्मेवारीलाई अझ बढी उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए । 

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमितता लगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरे पनि क्षम्य नहुने बताए । समाजका सवै तहले कामको मुल्यांकन गर्ने भएको हुँदा संगठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भई समर्पित रहन उनले निर्देशन दिए । 

बढुवा भएका अधिकृतलाई ज्ञान, सीप, क्षमता र अनुभवको आधारमा थप जिम्मेवारी दिइएको बताउँदै सशस्त्र प्रहरी बल नेपालमा पहिलो व्याचको रुपमा नयाँ भर्ना भएका अधिकृतहरुको पदोन्नती भएकाले ऐतिहासिक पदोन्नती भएको चर्चा गरे । 

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकश गौतम र बंशीराज दाहाल, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत र बिल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।       

salt training

कमेन्ट गर्नुहोस्