रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँग गरेको स्टार्ट नामक आणविक हतियार सन्धि निलम्बन गरिएको बताएका छन् ।
मंगलवार देशको संसद्को माथिल्लो सदन फेडरल एसेम्बलीलाई सम्बोधन गर्दै पुटिनले आणविक हतियारको विस्तारमा रोक लगाउने उक्त सन्धिलाई अस्थायी निलम्बन गरेको जानकारी दिए ।
अमेरिकाले आणविक हतियार परीक्षण गरेमा रुसले पनि गर्ने पुटिनको भनाइ छ ।
तर रुस उक्त सन्धिबाट पूरै फिर्ता चाहिँ नभएको उनको भनाइ छ ।
न्यु स्टार्ट सन्धिमा रुस र अमेरिकाले सन् २०१० मा हस्ताक्षर गरेका थिए । उक्त सन्धिले दुवै देशलाई लामो दूरीको आणविक वारहेड राख्न पाउने संख्या तथा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्रको उपयोगलाई सीमित गरेको थियो ।