
नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत चयन भएका छन्।
दोस्रो राष्ट्रिय महाधिवेशनले पर्शुराम बस्नेतको नेतृत्वमा १७१ सदस्य केन्द्रीय कमिटी चयन गरेको हो।
फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा भएको महाधिवेशनले अध्यक्षबाहेक पदाधिकारी र आयोगका पदाधिकारी भने टुंगो लगाएको छैन ।
बाँकी पदाधिकारीको भने केही दिनमा टुंगो लगाउने जनाइएको छ ।
बस्नेत यसअघि खेलकुद महासंघका संयोजक थिए । उनी नेकपा एमाले प्रदेश १ का सचिवालय सदस्यसमेत हुन् ।
अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको दुर्घटनामा परी निधन भएपछि बन्दसत्र लम्बिएको थियो।
अधिवेशनको उद्घाटन भने एमाले अध्यक्ष केपी ओलीले गरेका थिए ।
उद्घाटन गर्दै ओलीले पदमा मरिहत्ते नगरी सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।