०५ असार २०८३, शुक्रबार

टर्किएमा फेरि गएको शक्तिशाली भूकम्पमा ६ जनाको मृत्यु

फागुन ९, २०७९
टर्किएमा फेरि गएको शक्तिशाली भूकम्पमा ६ जनाको मृत्यु

टर्किएमा पुनः शक्तिशाली भूकम्प  गएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ भने २९६घाइते भएका छन् । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो । 
सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा गएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गते टर्किए कहरामनमारसलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्कीए र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको थियो । साथै सो प्राकृतिक प्रकोपमा हजारौँ घाइते भएका छन्  । 

salt training

कमेन्ट गर्नुहोस्