०१ असार २०८३, सोमबार

दुई छाेरा लिएर गण्डक नहरमा हामफालेकी आमासहित तीनै जना मृत फेला

दुई छाेरा लिएर गण्डक नहरमा हामफालेकी आमासहित तीनै जना मृत फेला

बुटवल ।  नवलपरासीको गण्डक नहरमा दुई छाेरा लिएर हामफालेकी आमासहित तीनै जना मृत अवस्थामा फेला परेका छन्। नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा साेही वडाकाे महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारू ९ वर्षिय छाेरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हामफालेकी थिइन् ।

हाम फालेकाे सूचना पाएर खाेजी गर्न पुगेकाे प्रहरी टाेलीले घटनास्थलदेखि एकसय  मिटर तल उनीहरू मृत फेला पारेकाे  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भाेजराज पाण्डेले बताए ।
आफ्ना दायाँ बायाँ हातमा छाेराहरूकाे हातलाई सलले बाँधेर नहरमा हामफालेकाे पाइएको पाण्डेले बताए । उनकाे मानसिक सन्तुलन असामान्य रहँदै आएकाे स्थानीयले बताएका छन् । उनका श्रीमान् वैदेशिक राेजगारमा गएका छन् ।
उनले के कति कारणले छाेरासहित आत्महत्या गरिन् भन्नेबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्