०४ असार २०८३, बिहीबार

औद्योगिक महोत्सवमा हरेक दिन अलग प्रस्तुति

फागुन १०, २०७९
औद्योगिक महोत्सवमा हरेक दिन अलग प्रस्तुति

झापाको बिर्तामोडमा सञ्चालित अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बिभिन्न जातीय सांस्कृतिक झलकले विशेष महत्व पाएको छ । व्यावसायिक स्टलका अलावा जातीय संस्कृति झल्कने स्टलहरु समेत महोत्सवमा राखिएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघसँगको सम्वन्वयमा महोत्सवमा स्टल राखिएको हो । महोत्सव स्थलमा थारु, राजवंशी, दनुवार, नेवार लगायतका संस्कृति झल्कने प्रतिकात्मक स्वरुपमा स्टल राखिएको नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताए । त्यसबाहेक प्रत्येक दिन विभिन्न जातजातिका औपचारिक कार्यक्रम सम्पन्न हुँदैआएका छन् । 

गत फागुन ५ गतेदेखि सञ्चालनमा आएको महोत्सव स्थलमा मंगलबार नेवार समुदायले जातीय पहिचान झल्कने विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । नेवार समुदायको लाखे नाच, धिमे वाजासहित जातीय पोशाकमा महोत्सव स्थलमा पुगेका उनीहरुले औपचारिक कार्यक्रममार्फत महोत्सव सफलताको शुभकामना दिए । 

यसअघि सोमवार राजवंशी समुदायका अगुवा नेता र कलाकारहरुको उपस्थितिमा उक्त कार्यक्रम भएको थियो । प्रत्येक दिन फरक जातीका अगुवा नेता तथा कलाकर्मीहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुँदैआएको महोत्सव आयोजक समितिका सचिव कुशल खतिवडाले बताए ।  

फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रत्येक साँझ सुप्रशिद्ध राष्ट्रिय कलाकारहरुको साङ्गितिक प्रस्तुति रहँदैआएको छ । साङ्गितिक प्रस्तुतिमा मनोरञ्जन लिन उल्लेख्य संख्यामा दर्शकहरुको उपस्थिति रहँदैआएको समितिका संयोजक राजु न्यौपानेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्