०६ असार २०८३, शनिबार

हुन्डाइले ल्यायो फेस्टिभ योजना !

कात्तिक २०, २०७४
हुन्डाइले ल्यायो फेस्टिभ योजना !

काठमाडौं, ८ भदौ – लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेताले हुन्डाइ फेस्टिभ डिलाइट योजना ग्राहकहरु माझ ल्याएको छ । यो योजनाको अवधि यहि भाद« ८ गते देखि कार्तिक २६ गते, २०७४ सम्म लागु हुनेछ । यो योजना महान् पर्व दशैं र तिहारको उत्सव मनाउने लक्ष्य लिई ल्याइएको हो ।

यस योजना अन्तर्गत, ग्राहकहरुले नगद रु. ५ लाख सम्मको छुट र १ वर्षे निःशुल्क वीमा पाउनेछन् । स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट साथै लक्की–ड्र मार्फत १०० जनालाई १०–१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत हुन्डाई इलाइट आइ२० एक थान र हुन्डाई एक्सेनट एक थान पाउनक्नेछन् ।
सबै हुन्डाईका कारहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर र स्वामित्व हस्तान्तरण हुनेछ ।
हुन्डाईका कारहरु विश्व प्रसिद्ध कार हुन्् भन्ने कुरा सर्वविदित्तै छ । हुन्डाई मोटर कम्पनी विश्वका ५ ठूला अटोमोवाइल उत्पादकहरु मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट गणस्तरका कारहरुले लाखौंका विश्वास जितेका छन् । यी कारहरुका न्यून संचानल खर्च र विक्री पछिको सेवा पनि राम्रो रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्