११ असार २०८३, बिहीबार

अनेरास्ववियु (क्रान्तिकारी)को बन्दसत्र शुरु

कात्तिक २०, २०७४
अनेरास्ववियु (क्रान्तिकारी)को बन्दसत्र शुरु


काठमाडौँ, ८ भदौ - नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को २१आँै राष्ट्रिय सम्मेलनको बन्दसत्र आजदेखि शुरु भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाकक्षमा शुरु भएको बन्दसत्रमा आज अध्यक्ष नरेन्द्र न्यौपानेले राजनीतिक र विधान संशोधन प्रतिवेदन पेश गर्नुभएको छ ।

अध्यक्षले पेश गरेको प्रतिवेदन विभिन्न २१ समूह बनाएर छलफल गरिने अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताउनुभयो ।

राजनीतिक प्रतिवेदनमा स्थापनाकालदेखि क्रान्तिकारीले उठाउँदै आएको जनवादी शिक्षालाई छाड्दै समाजवादी शिक्षामा जोड दिने कुरा उल्लेख गरिएको छ ।

यस्तै मौलिक हकमा राखिएका शिक्षा, स्वास्थ्य र रोजगारीलाई कार्यान्वयन गराउनका लागि दबाब दिनेसमेत सो प्रतिवेदनमा उल्लेख छ ।

राजनीतिक र विधान प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यतालिका रहेको छ ।

“राष्ट्रियता र समावेशी शिक्षा, कार्यान्वयन पक्षमा हाम्रो अभियान, संगठन सुदृढीकरणको पक्षमा एकताको २१ आँै राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ बुधबारदेखि शुरु भएको सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आगामी आइतबारसम्म चल्नेछ ।

कूल दुई हजार ७६ प्रतिनिधि सहभागिता रहेको उक्त सम्मेलनले दुई वर्षका लागि ३१ पदाधिकारीसहित २४३ केन्द्रीय कमिटी चयन गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्