०१ असार २०८३, सोमबार

दिक्तेल–मानेभञ्ज्याङमा नियमित बस सेवा

फागुन १२, २०७९
दिक्तेल–मानेभञ्ज्याङमा नियमित बस सेवा
प्रतिकात्मक तस्वीर

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि अल्छेढुंगाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमित रूपमा बस सेवा सञ्चालनमा आएको छ ।

गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले बिहीवारदेखि बस सेवा सञ्चालन गरेको हो । 

झण्डै ३९ किलोमिटर लामो सडकखण्डमा नियमित बस सञ्चालन भएपछि भाडादर समेत कायम गरिएको छ । साकेला गाउँपालिका–२ रतन्छाको सुर्के सिलापाबाट दिक्तेलसम्म ५००, यातिम्छाचोकबाट दिक्तेलसम्म ४५० तथा यातिम्छाचोक, पिनालाखा र साल्मेबाट दिक्तेलसम्म ४०० भाडादर कायम गरिएको छ ।

यस्तै लामदुवाली–दिक्तेल ३७०, चम्पा–दिक्तेल ३५०, चिउरीडाँडा–दिक्तेल ३००, दुम्ली–दिक्तेल २६०, रुवाबु–दिक्तेल २४०, च्यानडाँडा–दिक्तेल १८० र मोहोरिया–दिक्तेल १३० भाडादर कायम गरिएको छ । दिक्तेलबाट रतन्छासम्म समान ढुवानी गर्न १० किलोसम्म निःशुल्क र सोभन्दा माथि भएमा प्रतिकिलो ४ रुपैयाँका दरले भाडा लाग्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

salt training

कमेन्ट गर्नुहोस्