२८ जेठ २०८३, बिहीबार
सर्वोच्चमा सन्दीप

सन्दीपले यूएई जान पाऊँ भन्दै दिएको निवेदन न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

फागुन १२, २०७९
सन्दीपले यूएई जान पाऊँ भन्दै दिएको निवेदन न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछानेले यूएई जान पाऊँ भन्दै दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेशी तोकिएको हो । आईसीसी क्रिकेट वर्ल्डकप लीग टुअन्तर्गत यूएई र पीएनजीविरुद्धको सिरिजका लागि यूएई जान अनुमति माग्दै लामिछाने सर्वोच्च अदालत पुगेका हुन् ।

उच्च अदालतले विदेश जान रोक लगाएका कारण सन्दीप यूएई जाने टीममा परेका छैनन् । सोही प्रतिबन्ध फुकुवाका लागि सन्दीपले बिहीवार सर्वोच्चमा निवेदन दिएका हुन् ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेश दिँदा उच्च अदालत पाटनले विदेश जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

नेपाल-यूएई र पीएनजीबीच आगामी साता यूएईमा सिरिज हुँदैछ । एक दिवसीय वरीयता जोगाउनका लागि पनि उक्त सिरिज नेपालका लागि निकै महत्त्वपूर्ण छ ।

त्यसबाहेक सरकारले गरेको पुनरावेदनको नियमित पेसी न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा आज नै तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्