
सिभिल बैंक आजबाट हिमालयनमा बैंकमा बिलय भएको छ । हिमालयन बैंकले सिभिललाई गाभेर आजदेखि एकीकृत कारोबार शुरू गरेको हो ।
हिमालयनको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता हुने गरी दुई बैंकबीच भएको सम्झौताअनुसार आजबाट एकीकृत कारोबार भएको हो ।
एकीकृत कारोबारपछिको अध्यक्ष हिमालयन बैंकका प्रचण्डबहादुर श्रेष्ठ भएका छन् । एकीकृत कारोबारपछिको नाम हिमालयन बैंक भएको छ ।
दुई बैंक एक गर्ने विषयमा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
सिभिलका सञ्चालक समिति सबै बाहिरिएका छन् । प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंककै अशोक राणाले नै निरन्तरता पाएका छन् ।
मर्जरपछि स्थापित बैंकको कुल पूँजी ३४ अर्ब, कुल निक्षेप २ खर्ब ७४ अर्ब र कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।
मर्जरका कारण अब हिमालयन बैंकको शाखा सञ्जाल १८९ पुगेको छ ।