२८ जेठ २०८३, बिहीबार

सिभिल बैंक हिमालयमा विलय भयो, आजबाट एकीकृत कारोबार

फागुन १२, २०७९
सिभिल बैंक हिमालयमा विलय भयो, आजबाट एकीकृत कारोबार

सिभिल बैंक आजबाट हिमालयनमा बैंकमा बिलय भएको छ । हिमालयन बैंकले सिभिललाई गाभेर आजदेखि एकीकृत कारोबार शुरू गरेको हो ।

हिमालयनको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता हुने गरी दुई बैंकबीच भएको सम्झौताअनुसार आजबाट एकीकृत कारोबार भएको हो । 

एकीकृत कारोबारपछिको अध्यक्ष हिमालयन बैंकका प्रचण्डबहादुर श्रेष्ठ भएका छन् । एकीकृत कारोबारपछिको नाम हिमालयन बैंक भएको छ । 

दुई बैंक एक गर्ने विषयमा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

सिभिलका सञ्चालक समिति सबै बाहिरिएका छन् । प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंककै अशोक राणाले नै निरन्तरता पाएका छन् ।

मर्जरपछि स्थापित बैंकको कुल पूँजी ३४ अर्ब, कुल निक्षेप २ खर्ब ७४ अर्ब र कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । 

मर्जरका कारण अब हिमालयन बैंकको शाखा सञ्जाल १८९ पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्