३१ जेठ २०८३, आइतबार

भारतको 'पोजिसन' यथावत

कात्तिक २०, २०७४
भारतको 'पोजिसन' यथावत
काठमाडौं, ९ भदौ- प्रधानमन्त्री शेरबहादुर देउवा बुधबारदेखि भारतको पाँचदिने राजकीय भ्रमणमा छन् । प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण दक्षिणी छिमेकमै गर्ने परिपाटीलाई देउवाले पनि निरन्तरता दिएका हुन् ।
दिल्ली पुगेकै साँझ भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री देउवासँग ‘आकस्मिक’ एकल भेटवार्ता गरे । भेटवार्तामा के-के विषयमा कुराकानी भयो भन्ने दुवै तर्फबाट सार्वजनिक भएको छैन । देउवाले बिहीबार समकक्षी मोदीदेखि राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैन्कैया नायडू, विदेशमन्त्री सुषमा स्वराज र प्रतिपक्षी दलका नेतासम्म भेटे, अन्नपूर्ण पोस्टमा खबर छ ।deuba modi 2
उनले सरकारी प्रतिनिधिसहित मोदी नेतृत्वको भारतीय प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा मध्याह्न वार्ता गरे । उक्त वार्तामा दुई देशबीच विगतमा सहमति भएका तर कार्यान्वयन हुन नसकेका भारतीय लगानीका नेपालस्थित परियोजनालाई अघि बढाउनेबारे छलफल भयो। २० वर्षअघि प्रधानमन्त्री भएका बेला देउवा भारत भ्रमणमा जाँदा सुरक्षालगायत जुन द्विपक्षीय मुद्दा र परियोजना छलफलका विषय थिए, अहिले फेरि तिनै विषयले प्राथमिकता पाएका छन् । त्यति बेला पनि पञ्चेश्वरलगायत परियोजना चाँडो टुंग्याउने भनिएको थियो, अहिले त्यही कुरा दोहोरिएको छ।
थाती रहेका परियोजना अगाडि बढाउने विषयमा ‘ब्रेक थु्र’ हुन सकेन । महाकाली सन्धिमा हस्ताक्षर भएको ६ महिनाभित्र डीपीआर तयार गर्ने सहमति भए पनि त्यसको टुंगो अझै लागेको छैन ।
मूलतः भारतले पञ्चेश्वरको पानी सिँचाइ र विद्युत् उत्पादनपछि समान रूपमा बाँडफाँट गर्न नचाहेका कारण यो विशाल परियोजना अघि बढ्न सकेको छैन । नेपालसँग हुने जुनसुकै सहमति र सम्झौतामा भारत आफू माथि पर्न चाहन्छ । पञ्चेश्वर मुद्दामा पनि यही लागू भएको छ । सरकारी अधिकारी पञ्चेश्वरबारे दुई देशको विवाद सन् १९९२ मा जे थियो आज पनि त्यही स्थितिमा रहेको स्वीकार गर्छन् ।

देउवालाई राजकीय सम्मानसहित दिल्लीले रातो कार्पेट ओछ्याए पनि छिमेकमा नयाँ संविधान जारी भएको ऐतिहासिक विषयलाई अझै स्वागत गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्