०७ असार २०८३, आइतबार

संसदमा तोसिमाको प्रश्न- मेरो क्षेत्रको सडकको हबिगत कहिले अन्त्य हुन्छ ?

फागुन १२, २०७९
संसदमा तोसिमाको प्रश्न- मेरो क्षेत्रको सडकको हबिगत कहिले अन्त्य हुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले सडक आयोजनाहरू निर्माणमा रहेको बेतिथि अन्त्य गर्न आग्रह गरेकी छन्। 

शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा सांसद कार्कीले सडक विभाग काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायत सरकारी निकायहरूले नै काम गर्न नसक्नु कसको स्वार्थ हो भन्दै प्रश्न गरिन्।

उनले काठमाडौं उपत्यकामा निर्माणाधीन सडक आयोजनाहरूको काम समयमै सम्पन्न गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराइन्।

सांसद कार्कीले नेपाल सरकारको संघीय मन्त्रिपरिषद्को प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैंसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ भन्दै प्रश्न गरिन्। उनले टुँडिखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाको कारण रोकिनु ठूला ठेकेदारको मिलोमतो र दबाब के हो भन्दै सरकारसँग जवाफ माग गरिन्। 

उनले भन्नुभयो,‘काठमाडौं उपत्यकाको ललितपुर जिल्ला हेपिएर राज्यको ध्यान नपुगेको भान हुन्छ । पानी परे हिलो घाम लागे धुलो । पानी हाले चिप्लिएर लड्ने नहाले दम खोकीले मार्ने । मेरो क्षेत्रको हविगत। मन्त्रिपरिषद्को
पस्तावित मन्त्रीहरूको आवास क्षेत्र र प्रस्तावित ठूलो अस्पताल जाने नख्खु भैंसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ ? चुनिखेल फर्सिडोल सडक ६ वर्षदेखि अलपत्र छ । सातदोबाटो कान्तिराजपत मुआब्जाको कारण रोकिएको छ । सडक विभाग काठमाडौं उपत्यका र खानेपानी लिमिटेडले काम गर्न नसक्नु कसको स्वार्थ हो ? ठूला ठेकेदारको मिलेमतो र दबाब हो ? राज्यका निकायहरू गैरजिम्मेवार हुनु कमजोरी मात्रै होइन । आम जनता माथि गरिने अपराध हो ।'

कमेन्ट गर्नुहोस्