०५ साउन २०८३, मंगलबार

आकस्मिक सरकारी बिदामा बैंक खुल्ने

फागुन १२, २०७९
आकस्मिक सरकारी बिदामा बैंक खुल्ने

सरकारले दिने आकस्मिक सरकारी बिदामा बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन ।

राष्ट्र बैंकले दिएको विदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन बैंक खुला हुने भएको छ ।

यस्तो विदाको समयमा वाणिज्य बैंक, विकास बैँक र फाइनान्स खुला गर्न राष्ट्र बैंकले 'क' देखि 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई शुक्रबार एकीकृत निर्देशन जारी गरेको छ ।

यस्तो बिदामा बिहान १० देखि दिउँसो साढे १ बजेसम्म बैंकिङ समय हुने भएको छ ।

यो अवधिमा नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएससहित सेवा सुचारु हुने भएको छ । यो समयमा रेमिट्यान्स झिक्ने तथा बचत तथा मुद्दती खातामा राख्न सकिने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्