२५ असार २०८३, बिहीबार
एमालेको निर्णय

एमालेले २५ गतेसम्म सरकार नछाड्ने, कांग्रेसबाहेकलाई सहमतिमा ल्याउन प्रयास गर्ने

फागुन १३, २०७९
एमालेले २५ गतेसम्म सरकार नछाड्ने, कांग्रेसबाहेकलाई सहमतिमा ल्याउन प्रयास गर्ने

नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा कांग्रेसबाहेकका सबै दललाई सहमतिमा ल्याउन प्रयास गर्ने निर्णय गरेको छ ।

उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पुस १० गतेको सहमति कायमै रहेको बताएको छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिवार बसेको सचिवालय बैठकपछि उमहासचिव पृथ्वीसुब्बा गुरुङले पुस १० गतेको सहमतिअनुसार नै आफूहरूले उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन् ।

फागुन २५ सम्म पुस १० कै सहमतिअनुसार अगाडि बढ्ने भनेर एमालेले त्यतिबेलासम्म सरकार नछाड्ने स्पष्ट संकेत गरेको हो ।

‘पुरानो गठबन्धन टुटेको कुरा आएको छैन । पुस १० गतेको निर्णयको आधारमा उम्मेदवारी दिने निर्णय गरेका छौं । कांग्रेस बाहेकलाई सहमतिमा ल्याउने प्रयास गर्छाैं,’ गुरुङले भने, ‘फागुन २५ गतेसम्म धेरै कुरा पाक्न सक्छ ।’

माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पनि एमालेले सरकारबारे पर्ख र हेरको नीति बनाएको छ ।

‘सरकारमा बस्ने या छाड्ने आजको निर्णय होइन, आज राष्ट्रपतिको उम्मेदवार छान्न बैठक बसिएको हो,’ गुरुङले भने ।

salt training

कमेन्ट गर्नुहोस्