
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ नम्बर प्रदेश सरकारका मन्त्रीले भोलि आइतवार राजीनामा दिने भएका छन् ।
उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले आइतवार राजीनामा बुझाउने बताए ।
शनिवारै राजीनामा बुझाउने भए पनि सार्वजनिक बिदा भएकाले भोलि मात्रै बुझाउने उनले बताए ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको शनिवार बसेको संयुक्त बैठकले संघ तथा प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । सिटौला पुस २५ गते विना विभागीय मन्त्री नियुक्त भएका थिए ।