२४ जेठ २०८३, आइतबार

सामसुङद्वारा ग्यालेक्सी एस २३ सिरिजको बिक्री शुरू, प्रि अर्डरमा रेकर्ड

फागुन १३, २०७९
सामसुङद्वारा ग्यालेक्सी एस २३ सिरिजको बिक्री शुरू, प्रि अर्डरमा रेकर्ड

ग्यालेक्सी २३ अल्ट्राको लागि ग्राहकहरूबाट अत्यधिक माग भएसंगै ग्यालेक्सी २३ सिरिजको प्रि अर्डरको रेकर्ड तोडिएको छ ।

सामसुङले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस२३ स्मार्टफोनहरूलाई यसको प्रि–अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ । 

गत वर्ष ग्यालेक्सी एस२२ सिरिजकोे भन्दा बढी प्रि–अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढी अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि–अर्डर भएको छ ।  पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिएको दाबी गरिएको छ।  

ग्राहकहरू सामान छनोट गर्दा अझै धेरै सतर्क हुन थालेका छन् र  लामो समयसम्म टिक्ने, गुणस्तरीय र भविष्यका लागि पनि तयार भएको सामानहरू नै रोज्न थालेका छन् ।  उच्च माग र सकारात्मक उपभोक्ता प्रतिक्रियाको कारण प्रिअर्डरहरू अपेक्षा गरिएको भन्दा पहिले नै समाप्त गर्नु परेको कम्पनीले जनाएको छ। ​

सामसुङका निर्देशक श्री प्रणय रत्न स्थापितले भने, 'हामी हाम्रा ग्राहकहरू प्रति यो अविश्वसनीय प्रतिक्रियाको लागि अत्यन्त आभारी छौं। यो प्रि–अर्डरको परिणामले हामीले नवीनतम् प्रविधिको आविष्कार र सस्टेनिबिलिटीमा देखाएको प्रतिबद्धता र हाम्रो ब्राण्ड प्रति ग्राहकहरूले देखाउनुभएको बलियो विश्वास झल्किएको छ ।'

देशभरका डिलरहरूले एस २३ सिरिजको लन्च र सफलताको खुशीयाली मनाएका छन् । यस ग्यालेक्सी एस२३ सिरिज प्रति ग्राहकहरूले देखाएका माया र लगावका कारण बजारमा सबै  डिलरहरू पनि हर्षित र उत्साहित छन्।

salt training

कमेन्ट गर्नुहोस्