

हामीमध्ये धेरैजनाले आफ्नो प्रेम व्यक्त गर्न चुम्बन गर्ने गर्छौं । आफूभन्दा साना भाईबहिनी होस् या आफ्ना प्रेमी प्रेमीकासँग, प्रेम साँट्दा बेपर्वाह चुम्बन गर्ने गछौं । तर तपाई हामीमध्ये धेरैलाई थाहा नहुनु सक्छ चुम्बन गर्नु स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुन्छ ।
खासमा किस गर्दा र्याल एक व्यक्तिबाट अर्को व्यक्तिमा पुग्छ जसले किसिङ रोग लगाउन सक्छ । अर्काको जुठो खाँदा पनि यो समस्या आउन सक्छ । यसले शरीरमा एपस्टीन नामक भाइरस फैलाउँछ । यो भाइरस –यालमार्फत मानिसको शरीरमा पुग्छ । यसबाट रक्ताल्पता तथा कलेजोको समस्या आउन सक्छ ।
किसिङ रोगका लक्षणमा थकान र कमजोरीको अनुभव, लगातार ज्वरो आउने, टाउको दुख्ने, गलामा पीडा आदि पर्दछन् ।
यसबाट बच्नका लागि अर्काको जुठो नखानुस् । अनि किस गर्दा मुख सफा राख्नुस् । बच्चाहरूलाई किस नगर्नुस् किनकि उनीहरूमा छिट्टै संक्रमण हुन्छ ।