
जसपा सांसद सहनाज रहमानको निधन भएको छ।
भक्तपुरमा पिकनिक गएका बेला उनको हृदयघातका कारण निधन भएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए।
उनलाई अहिले भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा राखिएको छ।
रहमान जसपाबाट समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्। उनको ६२ वर्षको उमेरमा निधन भएको हो।