२३ जेठ २०८३, शनिबार
राष्ट्रपति उम्मेदवारी दर्ता

रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्रीसहित ८ दलका नेता संसद् भवनमा

फागुन १३, २०७९
रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्रीसहित ८ दलका नेता संसद् भवनमा

नेपाली कांग्रेसका नेताहरू राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्न पुगेका छन्। 

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रका नेताहरू संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका हुन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति धनराज गुरुङ, नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालालगायत शीर्षस्थ नेताहरू संसद् भवन पुगेका छन्। 

कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उठाएको छ। 

यसअघि नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराइसकेका छन्। ​

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा मुख्यतः पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ। 

salt training

कमेन्ट गर्नुहोस्