२९ जेठ २०८३, शुक्रबार

बजार खुलेको १५ मिनेटमै ५८ अंकले घट्यो नेप्से, लघुवित्त सबैभन्दा मारमा

फागुन १४, २०७९
बजार खुलेको १५ मिनेटमै ५८ अंकले घट्यो नेप्से, लघुवित्त सबैभन्दा मारमा

शेयर बजार खुलेको १ घण्टामै ५८ अंकले बजार घटेको छ । बजार खुलेसँगै सबैभन्दा बढी दबाब लघुवित्त समूहमै परिरहेको छ । 

लघुवित्तका लगानीकर्ताले राष्ट्र बैंकको पछिल्लो नीतिअनुसार आत्तिएर शेयर बेच्न थालेपछि असर बजारमा परेको हो । 

बजार खुलेको एक घण्टामा २ वटा लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागि सकेकेको छ । अरू ५ लघुवित्तको शेयर ९ प्रतिशतभन्दा बढीले घटेको छ । 

बिहीवार एकैदिन ३७ लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको थियो भने सबैजसो लघुवित्तका लगानीकर्ताले गुमाएका थिए । 

आइतवार बजार खुलेसँगै लगानीकर्ताले लघुवित्तकै शेयर बेच्न थालेकाले यो समूहमा बढी दबाब परिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्