२१ जेठ २०८३, बिहीबार

राहुलले भाषण गर्दै आफ्नो घर छैन भनेपछि रोइन् सोनिया गान्धी

फागुन १४, २०७९
राहुलले भाषण गर्दै आफ्नो घर छैन भनेपछि रोइन् सोनिया गान्धी

भारतीय कांग्रेस आइका नेता राहुल गान्धीले छत्तीसगढको राजधानी रायपुरमा जारी कांग्रेसको ८५ औं अधिवेशनको तेस्रो र अन्तिम दिन ३२ मिनेटको भाषण गरे।

भाषणमा राहुलले भारत जोडो यात्रा, अदानी हिन्डनबर्ग प्रकरण, चीनमा जयशंकरको बयान, २०२४ को लोकसभा चुनावलगायत धेरै विषयमा कुरा गरे। 

त्यस क्रममा उनले आफ्नो अहिलेसमेम घर नभएको समेत बताए। 

राहुलले भने, ' म १९७७ मा ६ वर्षको थिएँ । निर्वाचनको बारेमा मलाई थाहा थिएन । मैले आमालाई सोधे के भयो ? आमाले भन्नुभयो हामी घरबाट निस्कँदै छौँ । त्यतिन्जेल मलाई यो हाम्रो घर हो भन्ने लागेको थियो। यो देखेर म छक्क परें। ५२ वर्ष भयो, घर छैन। 

उनले भने, ‘बिस्तारै मेरो आवाज शान्त भएको मैले देखेँ । जम्मु कश्मीर पुगेपछि झनै मौन भएँ । म मौन भएपछि मेडिटेसन गर्छु । म सानै थिएँ। यो सन् १९७७ को कुरा हो। चुनाव आयो, मलाई यसबारे केही थाहा भएन । घरमा अनौठो वातावरण थियो । मैले आमालाई सोधेँ के भयो आमा । आमा भन्नुहुन्छ हामी घर छोड्छौं।  त्यतिन्जेल मलाई घर हाम्रो हो भन्ने लाग्थ्यो । मैले आमालाई सोधेँ किन हामी घर छोड्दैछौं ? पहिलो पटक आमाले भन्नुभयो यो हाम्रो घर होइन । यो सरकारको घर हो । अब यहाँबाट जानुपर्छ । मैले कहाँ जाने भनेर सोध्दा उनी कहाँ जाने थाहा नभएको बताइन् । म चकित भएको थिएँ। त्यो हाम्रो घर हो भन्ने लाग्यो । घर नभएको ५२ वर्ष भइसक्यो । आज सम्म छैन।

त्यस क्रममा सोनिया गान्धी भने भावुक भएकी थिइन्। उनका आँखा रसाएका थिए। भाषणकै बीचमा बैठकबाट उठेर राहुल गान्धीले आफ्नी आमा सोनियालाई सल ओढाइदिएका थिए। 

salt training

कमेन्ट गर्नुहोस्