११ असार २०८३, बिहीबार

नक्सालमा सुजुकीको नेक्स जेन डिलरसिप

फागुन १४, २०७९
नक्सालमा सुजुकीको नेक्स जेन डिलरसिप

सीजी होल्डिङ्सले सीजी नेक्सट जेनेरेसनको अवधारणाअन्तर्गत नक्साल काठमाडौँमा कम्पनीको आधिकारिक डिलरको रुपमा स्मार्ट सिरोजेनिक्स नियुक्त गरेको छ ।

सवारी साधन खरिदकर्ता ग्राहकलाई सवारी साधनको खरिद प्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नु नै नेक्सट जेनेरेसनको च्यानलको बेन्चमार्क पनि हो ।

ग्राहकहरूलाई सहज र झन्झटमुक्त अनुभव प्रदान गर्न नयाँ सोरुम डिजाइन गरिएको हो ।

नेक्सट जेनेरेसनको मार्फत सुजुकी ब्राण्डका प्रिमियम गाडीहरू उपलब्ध हुनेछन् भने ग्राहकले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउने दाबी गरिएको छ। 

यही विश्वासका साथ नक्सालस्थित State of the Art ​शोरुमबाट ग्राहकहरूले सुजुकीको Grand Vitara, Scross, Ertiga, XL6, Dzire, Ignis, Baleno​ जस्ता प्रिमियम गाडीहरू  खरिद गर्नु सकिनेछ। 

शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सका सुविधा एउटै छानाबाट उपलब्ध गराइनेछ ।

नक्सालस्थित स्मार्ट सिरोजेनिक्स शोरूमको उद्घाटन सीजी होल्डिङ्सका अध्यक्ष तथा  प्रबन्ध निर्देशक श्री अरुण कुमार चौधरी र सिरोहिया ग्रुपका अध्यक्ष श्री गोपाल प्रसाद सिरोहियाले संयुक्त रुपमा गरेका छन्। 

स्मार्ट सिरोजेनिक्सका निर्देशक, विनोद सिरोहियाले सुजुकी नेपालकै सर्वाधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड भएको बताए। 

सुजुकीका कारहरू विश्वसनीय, दक्ष र उच्च परफोरमेन्स  लागि परिचित भएकाले आफ्नो यो शोरुमबाट सुजुकीका ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने बताए। 

salt training

कमेन्ट गर्नुहोस्