×

NMB BANK
NIC ASIA

रिहा भएपछि पल शाहले के भने ?

फागुन १५, २०७९

NTC
Premier Steels

उच्च अदालत पोखराले सफाइ दिएसँगै अभिनेता पल शाह सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् ।

Muktinath Bank

बाहिर जम्मा भएको भीडलाई अभिवादन गर्दै कारागारबाट निस्किएका उनले आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिहा हुँदै गर्दा उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘सबैलाई धन्यवाद भन्न चाहन्छु ।’ 


Advertisment
Nabil box
Kumari

छोटो कपाल, आँखामा कालो चस्मा, गलामा फूलमाला, अनुहारमा अबिरले रंगीएका उनी खुशी देखिन्थे । 

Vianet communication

उनलाई हेर्न र उनीसँग सेल्फी खिच्न चाहानेहरुको कारागार परिसरमा बाक्लो भीड देखिन्थ्यो । 

भीडभाडबाट केही युवतीहरूले पल आई लभ यू भनेको समेत सुनिन्थ्यो। ‘पल शाह हाइ हाइ’ लगायतको नारा समेत लागेको थियो ।

बहिनी रोशनी शाह लगायत परिवारका सदस्य र नजिकका साथीहरूबाट घेरिएका उनी सेतो कारमा चढेर त्यहाँबाट निस्किए । पल त्यहाँबाट पोखरातर्फ लागेका छन् ।

एकदिन पोखरामा बसेर मंगलवार मात्रै उनी काठमाडौं फर्किने पारिवारका सदस्यले बताएका छन् । त्यहाँबाट बाहिरिँदै गर्दा पलले कलाकारितासँगै सामाजिक काममै आफू सक्रिय हुने बताएका थिए ।

एक नाबालिगलाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । 

जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध पलले उच्च अदालतमा पुनरावेदन दिएका थिए । जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो ।

गतवर्ष आजकै दिन जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका पल ठिक एक वर्षपछि रिहा भएका हुन्।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x