१३ साउन २०८३, बुधबार

सरकार छाडेपछि राजेन्द्र लिङ्देनको निष्कर्ष- देश भयानक चेपुवामा परेको छ

फागुन १५, २०७९
सरकार छाडेपछि राजेन्द्र लिङ्देनको निष्कर्ष- देश भयानक चेपुवामा परेको छ

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा परेको टिप्पणी गरेका छन्।  

शनिबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राप्रपा सरकारबाट बाहिरिएको थियो। 

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री रहेर सरकारबाट बाहिरिएपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन्। 

लिङ्देनले छोटो समयमै सरकारमा रहँदा केही कुराहरू बुझेको भन्दै बुँदागत टिपोट गरेर सामाजिक सञ्जालमार्फत अभिव्यक्त गरेका छन्। 

आफू मन्त्री रहँदा कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको आफूले पाएको उनले बताएका छन्। 

त्यस्तै उनले नागरिक समाजमा आवश्यकताभन्दा धेरै नकारात्मक पाएको उनले लेखेका छन्। यो देश बनाउन नसकिने र नबन्ने रहेनछ भन्दै उनले बनाउन सकिने र बन्ने पनि लेखेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्