११ असार २०८३, बिहीबार

आजको मौसम : पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा हुने

फागुन १६, २०७९
आजको मौसम : पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा हुने

देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेकाले देशको पहाडी भूभागका केही स्थानमा आज पनि मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ । 

आज दिउँसो पहाडी भूभागमा हल्का वर्षा भए पनि प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी भूभागको केही स्थानमा हल्का हिमपात हुने विभागको भनाइ छ । 

सोहीअनुसार भोलि १७ गते बुधबार पनि पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित वर्षा हुनेछ । विशेषगरी प्रदेश १, कर्णाली, गण्डकी र सुदूरपश्चिमको उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ । बाँकी भागमा मौसम सफा रहने छ । 

त्यस्तै, १८ गते बिहीबार प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने छ । सो दिन एक दुई स्थानमा हल्का वर्षा हुनेछ र उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । चट्याङसहित पानी पर्ने हुनाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्