२३ असार २०८३, मंगलबार

जुवातास खेल्ने दहचोकबाट सात पक्राउ

फागुन १६, २०७९
जुवातास खेल्ने दहचोकबाट सात पक्राउ

चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका–८ घर भएका ३२ वर्षीय नितेश राज तामाङसमेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ९ सय ८५ रुपैयाँ र ३ थान बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

केही समयदेखि सो क्षेत्रमा जुवातास खेलाउने गिरोह सक्रिय रहेको विशेष सूचनाका आधारमा प्रहरीले जुवाडेहरुलाई पक्राउ गरेको प्रहरी कार्यालय बलम्बुले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्