०६ असार २०८३, शनिबार

चार मिनेटमा घरैमा खाना पु–याउँछ यो ड्रोन

कात्तिक २०, २०७४
चार मिनेटमा घरैमा खाना पु–याउँछ यो ड्रोन

काठमाडौं, १०  भदौ — संसारमा धेरै यस्ता पनि शहर छन् जहाँ एक ठाउँबाट अर्को ठाउँमा खाना पु–याउन धेरै बेर लाग्छ किनकि बीचबीचमा नदी हुन्छन् ।


त्यस्ता शहरहरूलाई लक्षित गरेर एउटा ड्रोन बनाइएको छ जसले चार मिनेटमै रेस्टुराँबाट खाना घरसम्म पु–याइदिन्छ । यसबाट २५ मिनेट समय बचत हुन्छ ।

ड्रोन कम्पनी फ्लाईट्र्याक्सले आइसल्यान्डको अनलाइन रिटेलर एएचकेका साथ साझेदारीमा यो ड्रोन बनाएको हो ।

आइसल्यान्डको राजधानी रेकजाभिकमा ड्रोन परीक्षण गरेको थियो । ड्रोनले केही मिनेटमै खाना पु–याएर ड्रोन डेलिभरीलाई अर्को स्तरमा लग्ने काम गरेको छ ।

यस्तो डेलिभरीलाई धेरै महत्त्वपूर्ण मानिएको छ किनकि यसबाट खाना पनि समयमा पुग्छ र पैसा पनि कम लाग्छ ।

यो ड्रोनबाट सामान पु–याउँदा प्रदूषण पनि हुँदैन । यो शतप्रतिशत विद्युतीय छ ।

अहिले यो ड्रोनले दिनको २० डेलिभरी गर्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्