०९ साउन २०८३, शनिबार

अब केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउँछौं, ५ वर्ष नै टिकाउँछौं- गगन थापा

फागुन १६, २०७९
अब केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउँछौं, ५ वर्ष नै टिकाउँछौं- गगन थापा
फाइल तस्वीर

कांग्रेस नेता गगन थापाले सबैले गल्ती बोध गरेपछि फेरि ५ दलीय पुरानो मोर्चा ब्युँतिएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पुरानो गठबन्धनले नै बहुमत ल्याउने गरी चुनावमा गए पनि गल्ती गर्दा पुरानो गठबन्धन टुटे पनि दुई महिनामा नै सबैलाई गल्ती महसुस भएको बताएका हुन् । 

सबैले  गल्ती महसुस गरेर फेरि एक ठाउँमा उभिने अवस्था आएपछि अब केन्द्र र प्रदेशसमा ५ वर्षसम्मै मिलेर जानुको विकल्प नभएको उनले बताए । 

‘पुस १० गते गल्ती भएको भन्ने सबैलाई लागेको हो । खास गरिकन संसदको पहिलो बैठकमा शेरबहादुर देउवाले कुनै तीतो प्रसंग उठाउनुभएन । तर एमाले अध्यक्षले बोल्दा संसद विघटनको घटना सही थियो । संसद विघटन पटकटपटक हुन्छ भन्ने कुरा राख्नुभयो । त्यसपछि यो गठबन्धन टिक्दैन र राख्नुहुँदैन भन्नेमा पुगेका हौं’, थापाले भने, ‘दुई महिनापछि हामी फेरि एक ठाउँमा आएको छौं । अब पाँच दलको गठबन्धनको सरकार बन्छ । प्रदेशमा पनि पाँच दलको गठबन्धन सरकार बन्छ । केन्द्र, प्रदेश र स्थानीय तहमा हामी हुन्छौं । अरूलाई दोष दिएर होइन काम नै गरेर देखाउनुपर्छ ।’

नयाँ सरकार बनेपछिको ५/६ महिनामा राम्रो काम गर्न सकेको आभाष नदिलाए गठबन्धनको अर्थ नहुने थापाले बताए। 

‘५ देखि ६ महिनाभित्र हाम्रो गठबन्धनले संघ, प्रदेश र स्थानीय सरकारले आजभन्दा भोलि राम्रो छ भन्ने आभाष गरायो भने राम्रो सन्देश दिनेछ । हामीले परिणाम दिनुपर्छ । किनकि सबैको भान्सादेखि सबैतिर समस्या छ । कसैको खल्तीमा पैसा छैन’, थापाले भने, ‘काम गर्न सकेनौं भनेर जति शक्ति भए पनि हामीसँग सरकार होला संख्या, होला र बोर्ड, नाम होलान् तर जनताको विश्वास हामीलाई हुने छैन ।’

यो बीचमा एकपछि अर्को समस्याको समाधान गर्दै जान सके गठबन्धन टिक्ने नभए नागारिक तहमै विश्वास धूमिल हुने उले बताए। 

साथै अब गठबन्धनलाई टिकाउने र विश्वास गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।  ‘मद्दत गरेर गठबन्धन बनाउने र तर बनेदेखि लसपस गर्नेतिर लाग्न हुँदैन । ५ वर्ष गठबन्धन जान्छ । यताउता हेर्ने चकचक गर्ने होइन । प्रधानमन्त्रीलाई सफल बनाउने र परिणाम दिने हो,’ थापाले भने ।

एक अर्काको दललाई भोट हाले पनि पुस १० मा बाचाअनुसारको कर्म गर्न नसक्दा देश दुर्घटनामा गएको उनको भनाइ छ । त्यो गल्तीको दोष ठूलो दलको रूपमा कांग्रेसले लिने पनि उनले बताए ।

आफूहरूले गठबन्धन भत्काएको नभई आफैं ढलेको पनि उनले बताए । 

‘हामी गठबन्धन भत्काउन लुकेर लागेको होइन । घाम लागेको उज्यालोमा गठबन्धन भत्काउन लागेको हो । जे बनेको थियो त्यो अस्वाभाविक, अवाञ्छित र अप्राकृतिक थियो । प्रधानमन्त्री मात्रैमा लालचा भएको भए प्रचण्ड पुरानो गठबन्धनबाटै प्रधानमन्त्री बनिरहन सक्नुहुन्थ्यो । माधव नेपाल पनि राष्ट्रपति वा प्रधानमन्त्री उतैबाट भन्न सक्नुहुन्थ्यो । एमालेलै नै बनाउँथ्यो । तर गलत कदमविरुद्ध एक ठाउँमा उभिनुपर्छ भन्ने बोध भएर हामी आजको अवस्थामा आएका हौं,’ थापाले भने ।

salt training

कमेन्ट गर्नुहोस्