१७ असार २०८३, बुधबार

रुससँग कुरा गर्न युक्रेनलाई पश्चिमी मुलुकहरूले दबाब दिन खोज्दै

फागुन १६, २०७९
रुससँग कुरा गर्न युक्रेनलाई पश्चिमी मुलुकहरूले दबाब दिन खोज्दै

युक्रेनलाई रुससँग कुराकानी गर्नका लागि पश्चिमा मुलुकहरूले दबाब दिन खोजेको जर्मनीको बिल्ड पत्रिकाले सोमवार खबर दिएको छ । 

वाशिङटन र बर्लिनका अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै बिल्डले अबका केही महिनाभित्र युक्रेनले गुमेका भूभाग फिर्ता लिन नसकेमा पश्चिमले युक्रेनलाई रुससँग वार्ता गर्न दबाब दिने लेखेको छ । 

अमेरिका र उसका साझेदारहरूले नयाँ हतियारहरू उपलब्ध गराएर युक्रेनलाई भूभाग फिर्ता गर्नका लागि सहयोग गर्ने भएका छन् । तर त्यसको सकारात्मक परिणाम नआएमा उनीहरूले वार्ताका लागि दबाब दिने बिल्डको दाबी छ । 

यसअघि द वाल स्ट्रीट जर्नलले युक्रेनलाई रुससँग सम्झौताका लागि तयार पार्न बेलायत, फ्रान्स तथा जर्मनीले हतियार तथा सुरक्षा प्रतिबद्धता दिएको खबर दिएको थियो । नेटोको सदस्यता नदिए पनि त्यही हैसियतको सुरक्षा प्रत्याभूति युक्रेनलाई दिनका लागि ती देशहरू तयार रहेको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्