११ असार २०८३, बिहीबार

सेनाको प्रस्टोक्ति - हाम्रो डिजिटल अभिलेख सुरक्षित छ

फागुन १६, २०७९
सेनाको प्रस्टोक्ति - हाम्रो डिजिटल अभिलेख सुरक्षित छ

नेपाली सेनाले आफ्नो डिजिटल तथ्यांक सुरक्षित रहेको जनाएको छ ।

‘नेपाली सेनाको कुनै पनि तथ्यांक असुरक्षित छैन, नेपाली सेनाका प्रवक्ता सहयकरथी कृष्णप्रसाद भण्डारीले लोकान्तरसँग भने ।

केही हप्ता अगाडि मन्त्रालयका वेवसाइडहरु ह्याक भएका थिए । त्यस समयमा पनि नेपाली सेनाको बेवसाइड र तथ्यांकमा कुनै समस्या आएको थिएन । 

आज (मंगलवार) नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखामा छिद्र रहेको बताएकी थिइन्। 

सांसद् राणा देउवाले सेनाको तथ्यांक टर्कीमा पुग्ने गरेको बताएका छन् ।

‘मलाई एक जनाले हाम्रो आर्मीको सबै तथ्याङ्क टर्कीमा देखाइदियो,’ आरजुले सम्बोधन गर्दै भनिन्, ‘जरसाबहरुको व्यक्तिगत इमेलहरु डार्क वेबमा देखाईदियो ।’ 

उनले नेपालको डिजिटल सुरक्षाको विषयमा प्रश्न उठाएकी छन् । नेपालमा सरकारी डिजिटल तथ्याङ्कको सुरक्षाका विषयमा विभिन्न समयमा प्रश्न उठ्ने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्